Kathmandu Press

सरकारले भन्यो– अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्नुस्

‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,’ एडभाइजरीमा भनिएको छ।
सरकारले भन्यो– अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्नुस्

काठमाडौं, फागुन १६ : नेपाल सरकारले नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो।

Hardik ivf

अमेरिका र इजरालयले संयुक्त रुपमा इरानमाथि भीषण आक्रमण गरेपछि मन्त्रलायले यस्तो आग्रह गरेको हो।

‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,’ एडभाइजरीमा भनिएको छ।

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ।

‘इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।’

प्रकाशित मिति: १५:५३ बजे, शनिबार, फागुन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्