Kathmandu Press

इरानमाथि इजरायल र अमेरिकाको भीषण आक्रमण

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार तेहरानको युनिभर्सिटी स्ट्रिट र जोम्हुरी क्षेत्रमा धेरै मिसाइल खसालिएका छन्। घटनास्थलमा रहेका अल जजिरा संवाददाताका अनुसार सहरमा धुवाँ उडिरहेको देखिएको छ।
इरानमाथि इजरायल र अमेरिकाको भीषण आक्रमण

काठमाडौं, फागुन १६ : अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेका छन्। 

इरानको राजधानी तेहरानमा विस्फोटका आवाज सुनिएका छन् भने धुँवाका मुस्ला देखिएका छन्।

Hardik ivf

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार तेहरानको युनिभर्सिटी स्ट्रिट र जोम्हुरी क्षेत्रमा धेरै मिसाइल खसालिएका छन्। घटनास्थलमा रहेका अल जजिरा संवाददाताका अनुसार सहरमा धुवाँ उडिरहेको देखिएको छ।

इरानको अर्ध–सरकारी तास्निम समाचार एजेन्सीले पनि तेहरानको उत्तरी सेय्यद खन्दान क्षेत्रमा विस्फोट भएको जनाएको छ। अन्य इरानी सञ्चारमाध्यमहरूले पश्चिमी इलाम प्रान्तसहित देशभर आक्रमण भइरहेको जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त आक्रमणहरू तेहरानको ‘कट्टर र दुष्ट’ शासकले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउन खोजेपछि त्यसलाई रोक्ने प्रयासस्वरुप भएको बताएका छन्। 

उनले इरानमाथि भइरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पनि पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आठ मिनेट लामो भिडियो पोस्ट गर्दै इरानमाथि अमेरिकी संलग्नता रहेको बताए।

यता, आक्रमण सुरु भएलगत्तै इजरायली रक्षामन्त्री इजरायल काट्जले तेल अभिभबाट राष्ट्रका नाममा सम्बोधन गर्दै यो कदम इजरायलको सुरक्षाका लागि अनिवार्य रहेको बताएका छन्। 

यससँगै इजरायलभरि ‘राष्ट्रिय संकटकाल’ घोषणा गरिएको छ। नागरिकहरूलाई सुरक्षित बंकरमा रहन र विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति: १५:२० बजे, शनिबार, फागुन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्