Kathmandu Press

देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल

‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रुपान्तरण गर्नुभयो। अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको विषयले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन्।
देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल

काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले उर्जा प्राप्त भएको बताएका हुन्।

‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रुपान्तरण गर्नुभयो। अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको विषयले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन्।

Hardik ivf

महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृती सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन्।

काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए।

‘आदरणीय मतदाताज्यूहरुले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ,’ उनले भने ‘म अत्यन्त उत्साही छु।’

प्रकाशित मिति: १५:२९ बजे, शनिबार, फागुन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्