Kathmandu Press

मुस्लिम अगुवाहरुसँग एमाले अध्यक्ष ओलीको भेट

यसै क्रममा शुक्रबार उनी गौरादह ४ को खाङ्टा पुग्दा स्थानीय मुस्लिम समुदायका अगुवाहरुले मदरसासम्म पुग्ने सडक निर्माण गरि दिन तथा जन्मसिद्ध नागरिकता वितरणलाई सहज बनाई दिन माग गरेका थिए।
मुस्लिम अगुवाहरुसँग एमाले अध्यक्ष ओलीको भेट

झापा, फागुन १५ : चुनाव नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरिरहेका छन्।

यसै क्रममा शुक्रबार उनी गौरादह ४ को खाङ्टा पुग्दा स्थानीय मुस्लिम समुदायका अगुवाहरुले मदरसासम्म पुग्ने सडक निर्माण गरि दिन तथा जन्मसिद्ध नागरिकता वितरणलाई सहज बनाई दिन माग गरेका थिए।

उनी गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गरे। उम्मेद्वारहरुको यस प्रकारको टोल–टोलमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ताहरू पनि उत्साहित देखिएका छन्।

चुनाव नजिकिँदै जाँदा ओली यतिबेला आफ्नै गृहजिल्ला झापा जिल्लाको क्षेत्र नं. ५ मा सक्रिय छन्। ठुला सभाहरु भन्दा उनी गाउँ–टोल केन्द्रित चुनावी भेटघाटलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न बस्ती, टोल र चोकहरूमा पुगेर उनले स्थानीय बासिन्दासँग संवाद गर्दै आएका छन्। घरदैलो कार्यक्रममार्फत अध्यक्ष ओलीले मतदाताहरुसँग भेटघाट गर्दै उनीहरूको गुनासा र सुझावसमेत लिई रहेका छन्।

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, फागुन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्