बर्दियामा ८० वढी युवा कांग्रेसमा प्रवेश
नेपाली कांग्रेस प्रवेश गरेकालाई नेपाली कांग्रेसको तर्फबाट बर्दिया १ का प्रत्यासी एवं निवर्तमान केन्द्रीय सदस्य सन्जय गौतमले स्वागत गरेका हुन् ।
बर्दिया, फागुन ११ : फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैं जाँदा बर्दियामा विभिन्न पार्टी छाडेर ८० भन्दा वढी युवा कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले पुर्व नेकपा एमाले बाँके कार्यसमिति सदस्य छविलाल सुवेदी लगायत ८० वढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस प्रवेश गरेकालाई नेपाली कांग्रेसको तर्फबाट बर्दिया १ का प्रत्यासी एवं निवर्तमान केन्द्रीय सदस्य सन्जय गौतमले स्वागत गरेका हुन् । नवप्रवेशी युवाहरूले बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सञ्जय कुमार गौतमलाई विजयी गराउने जिम्मेवारी दृढ संकल्पका साथ ग्रहण गरेका छन्।
युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई थप सुदृढ बनाउने र भावी राजनीतिक नेतृत्व युवाकै काँधमा सुम्पिनुपर्नेमा बर्दिया क्षेत्र नं. १ का उम्मेदवार गौतमले बताए । उनले बर्दियाली जनताको लागि धेरै गर्नुपर्ने भएको हुँदा आफूलाई अत्याधिक मतले जिताउनका लागि जनताको घर दैलोमा पुगिरहेका छन् ।












-1752231581.jpg)