Kathmandu Press

नबोदित कलेजको ३३ औँ अभिभावक दिवसमा प्रविधिमूलक शिक्षाको चर्चा 

नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३३ औँ अभिभावक दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि प्रविधि र सीपमूलक शिक्षा आवश्यक रहेको बताएका हुन् । उनले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । 
नबोदित कलेजको ३३ औँ अभिभावक दिवसमा प्रविधिमूलक शिक्षाको चर्चा 

काठमाडौँ, फागुन ९ : मानवसेवा आश्रमका संस्थापक एवं वरिष्ठ समाजसेवी रामजी अधिकारीले मुलुकको विकासका लागि प्रविधिमूलक शिक्षा आवश्यक रहेको बताएका छन् । 

नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३३ औँ अभिभावक दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि प्रविधि र सीपमूलक शिक्षा आवश्यक रहेको बताएका हुन् । उनले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । 

Hardik ivf

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सही रुपमा उपयोग गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष एवं लिङ्कन कलेजका अध्यक्ष विष्णुप्रसाद पौडेलले कितावको ज्ञानमात्र नभई व्यावहारिक ज्ञान अहिलेको आवश्यकता भएको बताए । 

नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारी, सहप्राचार्य विकासराज शर्मा, नेपाल सरकारका पूर्वउपसचिव देशबन्धु अधिकारी, नेपाली सेनाका पूर्वजर्नेल धर्म बानियाँलगायतले सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्न र आफ्ना बाबुनानीलाई अभिभावकले समय दिनुपर्ने बताएका थिए । 

कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो । नवोदित कलेजले पछिल्लो समय प्रत्येक बिहान योग प्रशिक्षण समेत सुरु गरेको छ ।

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, फागुन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्