दुई समुदायबीचकाे झडपपछि रौतहटमा कर्फ्यू
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झडपले अवस्था तनवग्रस्त बनेपछि कर्फ्यु आदेश जारी गरेको बताए। अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको प्रशासनले जनाएको छ।
रौतहट, फागुन ९ : स्थानीय प्रशासनले रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार कर्फ्यु आदेश जारी गरेको छ। दुई पक्षबीच झडप हसँदा अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु लगाएको हो।
सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यु आदेश जारी भएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले झडपले अवस्था तनवग्रस्त बनेपछि कर्फ्यु आदेश जारी गरेको बताए। अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको प्रशासनले जनाएको छ।
आज बिहान झडपका क्रममा एउटा सवारीसाधनमा आगजनी भएको थियो। त्यसपछि अवस्था तनावग्रस्त बनेको हो।
शुक्रबार दुई समूहबीच झडप भएपछि प्रजिअ भुसालको पहलमा साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर, शनिबार बिहान करिब ९ बजेदेखि पुन ढुंगामुढा हुन थालेपछि स्थिति तनावपूर्ण बनेको हो।
झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ।












