Kathmandu Press

युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान

प्रधानमन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि दक्ष, इमान्दार र जिम्मेवार जनशक्तिको आवश्यकता औंल्याउँदै नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान

कास्की, फागुन ८ : पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज पोखरामा सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरिन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षान्त केवल शैक्षिक यात्राको औपचारिक समापन नभई जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानबिन्दु भएको उल्लेख गरिन् । उनले उच्च शिक्षा हासिल गरेका युवाहरूले आफ्नो ज्ञान र सीपलाई व्यक्तिगत उन्नतिमा मात्र सीमित नराखी राष्ट्र र समाजको समुन्नतिमा प्रयोग गर्नुपर्ने बताइन्।

Hardik ivf

प्रधानमन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि दक्ष, इमान्दार र जिम्मेवार जनशक्तिको आवश्यकता औंल्याउँदै नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी र सक्षम बन्न नवीन प्रविधिसँग अनुकूल हुन युवाहरूलाई सुझाव दिँदै उनले विश्वविद्यालयहरूले समयसापेक्ष, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्नुपर्ने बताइन्।

उनले अध्ययन पूरा गरेलगत्तै ठूलो संख्यामा युवाहरू विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा विश्वविद्यालय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्। पाठ्यक्रम र पठन पद्धतिलाई उद्यमशीलता तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्नेमा उनको जोड थियो।

प्रधानमन्त्री कार्कीले अनुशासन, परिश्रम र मानवीय मूल्यहरू दीर्घकालीन सफलताका आधार भएको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई सकारात्मक सोच, निष्ठा र जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरिन्।

साथै लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवद्र्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि आगामी निर्वाचनमा सक्रिय सहभागिताको आह्वान गरिन्।

समारोहमा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, फागुन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्