Kathmandu Press

जलवायु परिवर्तनले पर्यटन घट्दा महिलामुखी परिवार बढी प्रभावित : मन्त्री श्रेष्ठ

उनले हिमपात विस्फोट, अनियमित हिमपात, ट्रेकिङ सिजनमा पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधताको क्षय तथा सम्पदामा क्षति जस्ता जलवायुजन्य घटनाले पर्यटन क्षेत्रमा बढ्दो असर पारिरहेको बताइन्।
जलवायु परिवर्तनले पर्यटन घट्दा महिलामुखी परिवार बढी प्रभावित : मन्त्री श्रेष्ठ

काठमाडौं, फागुन ८ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्र जलवायु परिवर्तनका गम्भीर असरबाट प्रभावित भइरहेको बताएकी छन्।

नेपाल पर्यटन गोष्ठी २०२६ मा बोल्दै श्रेष्ठले नेपालको पर्यटन प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गरिन्।

Hardik ivf

उनले हिमपात विस्फोट, अनियमित हिमपात, ट्रेकिङ सिजनमा पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधताको क्षय तथा सम्पदामा क्षति जस्ता जलवायुजन्य घटनाले पर्यटन क्षेत्रमा बढ्दो असर पारिरहेको बताइन्।

‘नेपालको पर्यटन क्षेत्र हाम्रो प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रुपमा जोडिएको छ । तर हिमपात विष्फोट, अनियमित हिमपात र ट्रेकिङ सिजन र पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकिय क्षेत्रमा पानीको अभाव जैविक विविधताको क्षय र सम्पदाको क्षतिजस्ता गम्भीर जलवायुजन्य घटनाहरुले पर्यटनलाई बढ्दो रुपमा प्रभावित पारेको छ,’ उनले भनिन्।

उनले पर्यटन क्षेत्रमा आएको गिरावटको प्रत्यक्ष असर महिलामा बढी पर्ने गरेको बताइन्। ‘धेरै पर्यटनमा निर्भर समुदायमा महिलाहरू अनौपचारिक तथा मौसमी आम्दानिमा निर्भर हुन्छन्,’ उनले भनिन्, ‘जब जलवायुजन्य असरका कारण पर्यटन घट्छ, ती आयआर्जनका अवसरहरू हराउँछन्।’

मन्त्री श्रेष्ठले विशेषगरी महिलामुखी परिवारहरू जलवायु परिवर्तनका कारण सिर्जित आर्थिक चुनौतीबाट बढि प्रभावित हुने उल्लेख गरिन् । उनले पर्यटन क्षेत्रलाई दिगो र जलवायु–सहिष्णु बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेकोमा जोड दिइन्।

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, फागुन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्