Kathmandu Press

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’

उनले वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे।
‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’

काठमाडौं, फागुन ८ : अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन्।

शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर्वाचन गर्न थुप्रै चुनौतीहरु झेल्नु परेको बताउँदै यसैमा सरकारको पूर्ण ध्यान केन्द्रित गर्दा विकासको कुरामा चुकेको स्वीकार गरे। यद्यपी पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखी यस क्षेत्रको नीति ,कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्नु आवश्यकता औल्याए।

Hardik ivf

‘बजेटमा पर्यटन क्षेत्रलाई उद्योगले पाए सरहको सुविधा दिइने छ भनेर उल्लेख गरिएको भए पनि अहिलेसम्म पूरा गर्न सकिएन। यो सरकारको सामु सुरुवातीदेखि नै धेरै चुनौतीहरु थिए। त्यसमध्येको सबैभन्दा ठूलो चुनौती भनेको जुन आशंका आम मानिसमा राजनीतिक वृत्तमा थियो, कि निर्वाचन कुनै हालतमा संभव छैन  जेलबाट कैदी भागेका छन्। हात हतियार लुटिएका छन्। नव पुस्ताले पुराना सत्ताका नेताहरुलाई देख्न ,वार्ता गर्न चाहँदैनन्,’ उनले भने ‘यस्तो अवस्थामा सरकारले कसरी निर्वाचन गर्न सक्छ भन्ने आशंकालाई मेटाउने चुनौती थियो । त्यसैले त्यहाँ ध्यान केन्द्रीत गर्ने क्रममा कतिपय चालु आर्थिक वर्षमा प्रतिबद्धता गरिएका पर्यटन लगायत अन्य क्षेत्रको विकासको कुरामा काम गर्न नसकिएको पक्कै हो  तर पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखेर नीति कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्ने हो।’

त्यस्तै उनले वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे।

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, फागुन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्