नवोदितको ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीमा उत्साहजन सहभागिता
शनिवार नवोदित कलेजद्वारा आयोजित प्रदर्शनीमा एक दर्जन वढी विद्यालयका ३ हजार वढी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले प्रदर्शनीको अवलोकन गरेका हुन् ।-1771423419.jpg)
काठमाडौं, फागुन ६ : काठमाडौको सामाखुशीमा रहेको नबोदित कलेजमा आयोजित ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीमा विधार्थी तथा अभिभावहरुको उत्साहजन सहभागिता भएको छ ।
शनिवार नवोदित कलेजद्वारा आयोजित प्रदर्शनीमा एक दर्जन वढी विद्यालयका ३ हजार वढी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले प्रदर्शनीको अवलोकन गरेका हुन् । आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ स्टल राखिएको थियो ।
प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धनमा कलेजले पुर्याएको योगदान महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा कलेजले थप रचनात्मक कार्यहरु गर्नुपर्नेमा जोड दिए । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष समेत रहेका कले्जका प्राचार्य राजेन्द्र अधिकारीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोच आवश्यक रहेको बताए ।
सिकाइले विद्यार्थी आत्मनिर्भर बन्न, स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म प्रतिस्पर्धी बन्न, व्यावहारिक सिकाइ लगायत सकारात्मक नतिजाका लागि प्रदर्शनी अत्यन्त प्रभावकारी माध्यम रहेको अधिकारीको भनाइ थियो । प्रदर्शनीले विद्यार्थीलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको कलेजका सहप्राचार्य जिवी अधिकारीले बताए ।
-1771423518.jpg)
प्रदर्शनीमा राखिएका ‘फुड कोर्ट’, ‘हेल्थ डेक्स’ बाट सहभागिहरु लाभान्वित भएका थिए भने विभिन्न सांस्कृतिक कार्यक्रमले थप रौैनकता थपेको थियो । २०५० सालमा स्थापना भएको कलेज विश्वबजारमा उपलब्ध युग सुहाउँदा उच्चस्तरीय शैक्षिक कार्यक्रमका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल सावित गर्दै आएको छ ।




-1771421086.png)





-1771423419.jpg)
-1771421086.png)
