संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव
यादवले शहिदहरूको बलिदानबाट स्थापित संघीयताको आधारलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले संघीयताको रक्षा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको दाबी गरेका छन्।काठमाडौं, फागुन ५ : जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० का अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहलाई मधेशको आत्मसम्मानसँग जोड्दै त्यसको राजनीतिक महत्वबारे टिप्पणी गरेका छन् । अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेख्दै मधेश जनविद्रोह केवल आन्दोलन नभई मधेशको आत्मसम्मानको घोषणापत्र भएको उल्लेख गरेका हुन्।
उनले गोली, दमन र षड्यन्त्रकाबीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै मधेशको वास्तविक प्रतिनिधि भएको दाबी गरेका छन्।
‘मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो । गोली, दमन र षड्यन्त्रकाबीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो। शहिदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यादवले शहिदहरूको बलिदानबाट स्थापित संघीयताको आधारलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले संघीयताको रक्षा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको दाबी गरेका छन्।
उनले मतदातालाई आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्व सुनिश्चित गर्ने शक्तिलाई समर्थन गर्न आह्वान गर्दै विभाजन र भ्रमभन्दा माथि उठ्न आग्रह गरेका छन्।










