अब काठमाडौं उज्यालो नेपाल पार्टीको किल्ला बन्छ : अध्यक्ष घिसिङ
‘मलाई धेरैले भन्नुहुन्छ–किन काठमाडौंबाट चुनाव लडेको ?अरु जस्तै बाहिर किन नगएको भन्नुहुन्छ। मेरो जिल्ला रामेछापका साथीहरुले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउँछौं भन्नुभएको थियो। तर मैले काठमाडौं–३ नै रोजें । किनकी काठमाडौंको सबै जनताले मलाई विश्वास गर्नुहुन्छ,’ उनले भने।
काठमाडौं, फागुन १: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंका जनताले पत्याउँदैनन् कि भन्ने डरले सबै पार्टीका ठूला नेता काठमाडौं बाहिर गएर चुनाव लडेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित काठमाडौं–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन भन्ने विश्वासका साथ आफू काठमाडौंबाट लडेको बताए। अब काठमाडौं उज्यालोको किल्ला बन्ने उनको दाबी छ।
‘म कुनै संकोच बिना चुनौती देखेर पनि काठमाडौंबाट जनताले चुनेर पठाउँछन भन्ने विश्वासकासाथ चुनावमा लडेको छु। धेरै साथीहरु वा केही पार्टीका ठूला नेताहरु काठमाडौं बाहिर गएर लड्दै हुनुहुन्छ। काठमाडौंका जनतासँग विश्वास नै छैन, काठमाडौंका जनताले उहाँहरुलाई पत्याउदैन कि भन्ने डरले बाहिर जानुभयो। तर हामीलाई डर छैन्। हामी लड्छौं, हामी जित्छौं । अब काठमाडौं उज्यालोको किल्ला हुन्,’ उनले भने।
त्यस्तै उनले आफ्नो पूरानो जिल्ला रामेछापका जनताले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउने जिम्मा लिन्छौं भन्दासमेत आफू काठमाडौंको सबै जनताले विश्वास गर्छन भन्ने आत्मविश्वासले काठमाडौं नै रोजेको बताए।
‘मलाई धेरैले भन्नुहुन्छ–किन काठमाडौंबाट चुनाव लडेको ?अरु जस्तै बाहिर किन नगएको भन्नुहुन्छ। मेरो जिल्ला रामेछापका साथीहरुले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउँछौं भन्नुभएको थियो। तर मैले काठमाडौं–३ नै रोजें । किनकी काठमाडौंको सबै जनताले मलाई विश्वास गर्नुहुन्छ,’ उनले भने।
त्यस्तै उनले उनेपा भाषण गर्ने नभई परिणाम ल्याउने पार्टी भएको भन्दै हाम्रो पार्टीको पहिचान भनेकै परिणाम भएको धारणा राखे। अब भाषणलाई भन्दा पनि देश र समाजको लागि योगदान गर्ने व्यक्ति चुन्नु अहिलेको आम मतदाताको जिम्मेवारी रहेको उनको भनाई छ।
‘हामी भाषण गर्न आएका होइनौं। तर हामी रिजल्ट ल्याउँदै, काम गछौं र परिणाम दिन्छौं। हाम्रो पहिचान भनेकै परिणाम हो। अब भाषणलाई होइन् कामलाई मतदान गर्नुपर्छ। कामलाई जनताले चुन्नुपर्छ । जसले देश र समाजको लागि योगदान गरेको छ । त्यस्ता व्यक्ति चुन्नु अहिलको आम मतदाताको जिम्मेवारी पनि हो,’ उनले भने।
अध्यक्ष घिसिङले नयाँ पार्टी भनेकै उज्यालो पार्टी भएको भन्दै देशकै पहिलो पार्टी दाबी समेत गरे।









![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)


