Kathmandu Press

संकल्प पत्र सार्वजनिक गर्दै लिङ्देनले भने– लुटतन्त्र र निषेधको राजनीतिविरुद्ध सदन जाँदैछौं

उनले जेनजी विद्रोह राप्रपाले लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाउँदै आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल भएको दाबी गरे।
संकल्प पत्र सार्वजनिक गर्दै लिङ्देनले भने– लुटतन्त्र र निषेधको राजनीतिविरुद्ध सदन जाँदैछौं

काठमाडौं, फागुन २ : राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) संकल्प पत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्प पत्र सार्वजनिक गरेका हुन्।

सो अवसरमा बोल्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा कायम रहेको लुटतन्त्र र निषेधको राजनीतिको विपक्षमा सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत गर्ने बताएका हुन्।

Hardik ivf

उनले जेनजी विद्रोह राप्रपाले लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाउँदै आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल भएको दाबी गरे।

‘ठूला ठानिएका राजनीतिक दलहरूको अकर्मण्यता र असफलता, चरम भ्रष्टाचार र कुशासनका साथै विद्यमान शासकीय प्रणालीमा आमूल परिवर्तनको लागि गत भदौ २३ र २४ गते नवयुवाहरू जेनजी विद्रोहमा निस्कनु परेको र उक्त विद्रोहबाट मुलुकले जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको यथार्थता हाम्रासामु छर्लङ्ग छ । अर्को शब्दमा भन्ने हो भने उक्त विद्रोह राप्रपाले विगत लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाइ आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला ठानिएका राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल हो,’ उनले भने।

विद्रोहमा मुखरित नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन र विद्रोहका भावनालाई संस्थागत गर्नुको सट्टा देशी, विदेशी शक्ति केन्द्रको प्रत्यक्ष, अप्रत्यक्ष प्रभावमा मुलुकलाई गलत बाटोतर्फ डोरर्याउने काम भइरहेको संकल्पपत्रमा उल्लेख छ।

प्रकाशित मिति: १८:५१ बजे, शनिबार, फागुन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्