Kathmandu Press

राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ : महामन्त्री पौडेल

पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए।
राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ : महामन्त्री पौडेल

काठमाडौं, फागुन २ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए।

Hardik ivf

‘हाम्रो राजनीतिमा अहिले एउटा आवेग जस्तो देएिको छ। परिपक्वताभन्दा पनि नयाँपन खोजिएको जस्तो देखिएको छ। हाम्रो मौलिक अवस्थाको संवेदनशिलतासँग आवेग कत्तिको जोडिएको छ। नयाँ बनाउनुपर्ने छ त्यो हामीले चाहेको कुरा हो तर नयाँ बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने खतरा एवम जोखिम बढ्ने त होइन भन्ने आशंका पनि बढिरहेको अवस्थामा निर्वाचनमा गइरहेको छौं,’ उनले भने।

त्यस्तै उनले व्यक्तिगत विषयलाई बढी आधार बनाएर निर्वाचनको अभ्यासहरु भइरहेको धारणा राखे। राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ? नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ रुभन्ने विषयको आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्ने उनको भनाई छ।

‘व्यक्तित्व कस्तो छ, त्यसले कति मान्छे चिनेको छ रु निर्वाचन क्षेत्रमा उ कति परिचित छ भन्ने व्यक्तिगत विषयलाई बढि आधार बनाएको अथवा त्यसले बढि प्रभाव पार्ने निर्णायक बनेको देखिन्छ । यस्ता निर्वाचनमा विचार कस्तो ल्याइएको छ,’ उनले भने, ‘कुन विषयलाई कसरी परिभाषित गरेको छ, कसले राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ, नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ भन्ने आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्छ।’

प्रकाशित मिति: १५:०७ बजे, शनिबार, फागुन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्