Kathmandu Press

युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ : नेता आले

‘देशको ठूलो जनसंख्या युवाहरूको छ। यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस्थामा पुग्न सक्छन् । त्यसैले युवाहरूलाई व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बनाउनु आवश्यक छ,’ उनले भने।
युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ : नेता आले

कैलाली, फागुन २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

धनगढी उपमहानगरपालिका द्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उनले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताए।

‘देशको ठूलो जनसंख्या युवाहरूको छ। यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस्थामा पुग्न सक्छन् । त्यसैले युवाहरूलाई व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बनाउनु आवश्यक छ,’ उनले भने।

Hardik ivf

यसैगरी पूर्वमन्त्री आलेले युवाको रुचि र बजारको मागअनुसारका तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। परम्परागत तालिमभन्दा पनि सूचना प्रविधि, कृषि आधुनिकीकरण, पर्यटन, निर्माण, साना तथा घरेलु उद्योगजस्ता क्षेत्रमा आधारित तालिमले दिगो रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ थियो।

‘युवाहरुका चाहना अनुसारका विभिन्न प्राविधिक तथा व्यवसायिक सीप तालिम र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ। सीप विकाससँगै सहुलियत ऋण, बजार पहुँच र परामर्श सेवा उपलब्ध गराउन सके स्वरोजगार अभियान प्रभावकारी हुन्छ,’ उनले भने।

उनले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि पनि सीपमूलक तालिम अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए। दक्ष जनशक्तिको अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने र सीपअनुसार पारिश्रमिक प्राप्त हुने भएकाले राज्यले प्रस्थानपूर्व सीप अभिमुखीकरणलाई अनिवार्य बनाउनुपर्ने उनको धारणा थियो।

‘सीप सिकेपछि स्वदेशमै उद्यम गर्न सकिन्छ । विदेश जाँदा पनि दक्ष जनशक्तिको माग उच्च हुन्छ र सीपअनुसारको पारिश्रमिक पाइन्छ ’ उनले भने।

सीप विकास कार्यक्रम प्रभावकारी बनाउन राज्यले बजेट तथा नीतिगत प्राथमिकता बढाउनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए । बेरोजगारी न्यूनीकरण, गरिबी अन्त्य र आर्थिक समृद्धिका लागि सीपमूलक तालिम दीर्घकालीन समाधान भएको उनको विश्वास छ।

उनले सीपमूलक तालिम कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उल्लेख गर्दै स्वरोजगारमा लाग्ने युवालाई प्रोत्साहन स्वरूप अनुदान, कर छुट तथा व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण गर्नुपर्ने सुझाव समेत दिए।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ मा हाल ७ विधाअन्तर्गत २२ वटा तालिम सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार गत माघ ५ गतेदेखि सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १०:३४ बजे, शनिबार, फागुन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्