Kathmandu Press

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाई

विमानस्थलबाहिर ठूलो मात्रामा सर्वसाधारण पूर्वराजालाई स्वागतका लागि जम्म भएका छन्। विमानस्थलपरिसरमा निषेधाज्ञा लगाइएका पूर्वराजाका समर्थकले बाहिरै नाराबाजी गरिरहेका छन्।
पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाई

काठमाडौं, फागुन १ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

विमानस्थलबाहिर ठूलो मात्रामा सर्वसाधारण पूर्वराजालाई स्वागतका लागि जम्म भएका छन्। विमानस्थलपरिसरमा निषेधाज्ञा लगाइएका पूर्वराजाका समर्थकले बाहिरै नाराबाजी गरिरहेका छन्।

समर्थकलाई बाहिर छाडेर प्रसाईं भने विमानस्थलभित्रै प्रवेश गरेका छन्। 

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आइरहेका छन्। 

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, फागुन १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्