सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रको सुदृढीकरण, सुशासन र युवामुखी विकासका एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।-1770789674.jpeg)
सिरहा, माघ २८ : नेपाली कांग्रेसका सभापति गगन थापा सिरहाको गोलबजार आइपुग्दा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।
पार्टीका स्थानीय नेता तथा समर्थकहरूको उल्लेख्य उपस्थितिमा आयोजित कार्यक्रम उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रको सुदृढीकरण, सुशासन र युवामुखी विकासका एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले देशलाई समृद्ध बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गर्दै कांग्रेस जनताको अधिकार र विकासका पक्षमा दृढतापूर्वक उभिने बताए।
गोलबजारमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरबाट आएका नेता–कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो। सभापति थापाको उपस्थितिले कार्यकर्तामा नयाँ उत्साह थपिएको स्थानीय नेताहरूले बताए।
प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, माघ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)






-1755950009.png)
