नेप्से निरन्तर ओरोलो यात्रामा
नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले गिरावट देखिएको छ।
काठमाडौं, माघ २७ : मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो।
नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले गिरावट देखिएको छ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। १० अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।
यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने आरबिबी फोकस ४० म्युचुअल फण्डको इकाईमूल्य करिब ४ प्रतिशतले बढेको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ५।२४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।
म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन्। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।












