Kathmandu Press

बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने

यात्राका क्रममा उनले स्थानीय जनता, युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै मधेशका समस्या, विकासका सम्भावना र सुशासनका विषयमा छलफल गर्ने जनाइएको छ।
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने

सिरहा, माघ २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज९मंगलबार० मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन्।

मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु भएको यो यात्राअन्तर्गत बालेनले आज सप्तरीबाट यात्रा सुरु गर्दै सिराहा, धनुषा हुँदै महोत्तरीसम्म पुग्ने कार्यक्रम रहेको छ।

Hardik ivf

यात्राका क्रममा उनले स्थानीय जनता, युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै मधेशका समस्या, विकासका सम्भावना र सुशासनका विषयमा छलफल गर्ने जनाइएको छ।

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार र जनअपेक्षा बुझ्ने लक्ष्यसहित आयोजना गरिएको यो यात्रालाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

बालेन शाहको मधेश यात्राप्रति स्थानीयस्तरमा उल्लेख्य चासो र उत्साह देखिएको छ।

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, माघ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्