Kathmandu Press

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवी लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो। 
रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

नवलपुर, माघ २७ : जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम०ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ 

जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवी लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो। 

Hardik ivf

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले अगामी फागुन २१ मा हुने निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गराउनका लागि आचारसंहिता पालना गर्न ध्यानार्कषण गरिएको बताए।

‘हामीले कार्यक्रम गर्न रोक लगाएका छैनौं,’ उनले भने, ‘तर आचारसंहिता आकर्षित हुनेगरी राजनीतिक दल वा उम्मेदवारको चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि पहिरन तथा स्टिकर, लोगो, झोला, ब्याचजस्ता साङ्केतिक सामग्री प्रदर्शन गर्न पाइँदैन।’
 
यसअघि विभिन्न जिल्लामा भएको सभापति लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा कार्यकर्ताहरू घण्टी बोकेर बजाउँदै ब्याच लगाएर हिँडेका श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा देखिएको थियो।

 निर्वाचन आचारसंहिताविरुद्धका गतिविधि उम्मेदवार वा अन्य कुनै पनि व्यक्तिले गर्न नहुने जनाउँदै सचेत बनाउन ध्यानाकर्षण गरिएको अनुगमन अधिकृत भण्डारीको भनाइ छ। प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागू भई परिपालना सम्बन्धमा २०८२ साल माघ १४ गते सूचनासमेत जारी भएको उजले बताए।
 
‘उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुनेगरी निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, माघ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्