Kathmandu Press

नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित

बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गरेको छ।
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित

काठमाडौं, माघ २६ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न भएको थियो।

बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए। छलफलपछि बैठकले महत्वपूर्ण दुई निर्णय गरेको पार्टीले जनाएको छ।

Hardik ivf

बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गरेको छ।

त्यसैगरी, नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ३४ को उपधारा ९७० बमोजिम तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । गठन भएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन्।

बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा र योगेन्द्र चौधरी तथा पार्टी प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, माघ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्