सचिवालयले भन्याे- देउवा चुनावी सभा वा अभियानमा जाने कार्यक्रम छैन
‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भन्यो।
काठमाडौं, माघ २५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको बताइएको छ।
केही संचार माध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको बताएको छ।
‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भन्यो।
प्रकाशित मिति: १७:५० बजे, आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












