Kathmandu Press

इंग्ल्यान्डले दियो नेपाललाई १८४ रनको लक्ष्य

वानखेडे मैदानमा पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १८४ रन बनायो। उसका लागि ज्याकव बेथल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाए।
इंग्ल्यान्डले दियो नेपाललाई १८४ रनको लक्ष्य

काठमाडौं, माघ २५  :आईसीसी टि–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ। 

वानखेडे मैदानमा पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १८४ रन बनायो। उसका लागि ज्याकव बेथल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाए।

Hardik ivf

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे।

ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७(३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए।

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २(२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए।

शेरले टी-२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले यसै खेलबा६ टी(२० विश्वकपमा पनि डेब्यु गरे।

यसअघि दुई विश्वकप खेलिसकेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्ध बेन्चमा थिए।

प्रकाशित मिति: १७:२१ बजे, आइतबार, माघ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्