Kathmandu Press

प्रचण्डद्वारा इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना

प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। 
प्रचण्डद्वारा इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना

काठमाडौं, माघ २५ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना व्यक्त गरेका छन्।

प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। 

उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सम्पूर्ण नेपालीलाई गर्व अनुभूति गराएको उल्लेख गरे। उनले हरेक बल, हरेक रन र हरेक विकेटमा सम्पूर्ण नेपाल नेपाली टिमसँगै रहेको भन्दै खेलमा विजयको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: ११:३४ बजे, आइतबार, माघ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्