Kathmandu Press

रास्वपाले उम्मेदवारहरूसँग करार पत्रमा हस्ताक्षर गराउने 

रास्वपाले उम्मेदवारहरूसँग करार पत्रमा हस्ताक्षर गराउने 

जनकपुर, माघ २४ : आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारहरुले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नु पर्ने भएको छ।

शनिबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता एवम धनुषा क्षेत्र नं।३ का उम्मेदवार मनिस क्षाले सो कुराको जानकारी दिएका छन्।

Hardik ivf

कार्यक्रममा बोल्दै झाले अन्य पार्टीहरु सरह घोषणा पत्रको साटो वाचा पत्र सार्वजनि गर्ने पार्टीले निर्णय गरेको बताए। उनले देशभरका रास्वपाबाट उठेका उम्मेदवारहरुले चुनाव जिते कुन कुन कुरा गर्ने र कुन कुरा नगर्ने भन्ने करार पत्र बनाएर पार्टीको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित बुझाउनु पर्ने प्रप्रवक्ता झाले जानकारी दिए।

त्यस्तै उनले रास्वपाका कुनै पनि उम्मेदवारले कहिले कुनै भ्रष्टाचार गरेको मुद्या लागे आजीवन पार्टीबाट निष्कासन गरिने बताए । उनले उम्मेदवारहरुको नीजि बैंक खाताको निगरानी पनि केन्द्रीय कार्यालयबाट हुने जानकारी दिए।

त्यस्तै, प्रवक्ता झाले आफू दस वर्ष मात्र राजनिति गर्ने बताए । उनले दस वर्ष राजनिति गर्ने र त्यस पश्चात नयाँ पुस्तालाई अवसर दिने बताए । उनले प्रशिक्षक बनेर नयाँ पुस्तालाई विकास र राजनिति सिकाउने जानकारी दिए।

झाले आसन्न निर्वाचनमा रास्वपाको लक्ष्य जित हासिल गर्नु मात्र नभई एतिहासिक मत ल्याएर जित हासिल गर्नु रहेको बताए । उनले मधेश प्रदेशबाट सबै भन्दा बढी मत ल्याएर सदनमा मधेशको राजनिति परिणत भइसकेको सन्देश दिने बताए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० जना भन्दा बढि स्थानीय नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका थिए।

प्रकाशित मिति: २१:०२ बजे, शनिबार, माघ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्