झापाली मतदाता एवम शुभेच्छुकहरुसँग साक्षात्कार गर्दै ओली
झापा क्षेत्र ५ का विभिन्न स्थानमा पुगेर उनले मतदाताहरुको प्रतिक्रियाहरु लिइरहेका छन्। शुक्रबार झापा ओर्लिएका उनी झापाली जनतासँग प्रत्यक्ष साक्षत्कार गरिरहेका हुन्।
झापा, माघ २४ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता साथै कार्यकर्ता भेटघाटमा व्यस्त छन्।
झापा क्षेत्र ५ का विभिन्न स्थानमा पुगेर उनले मतदाताहरुको प्रतिक्रियाहरु लिइरहेका छन्। शुक्रबार झापा ओर्लिएका उनी झापाली जनतासँग प्रत्यक्ष साक्षत्कार गरिरहेका हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका उनी शनिबार कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरेका थिए।
भेटघाटका क्रममा मतदाताले जेनजी आन्दोलनको कारण र नेताको घरमा भेटिएका पैसाका बारेमा प्रश्न गरेका थिए। ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा रहेकाले आफ्नो चुनावी गतिविधिलाई बढाएका हुन्।
प्रकाशित मिति: २०:५६ बजे, शनिबार, माघ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार