Kathmandu Press

रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

‘१६५ वटा निर्वाचन क्षेत्रमा एउटै चुनाव चिन्हमा मतदान गर्न पाइन्छ भने त्यो केवल रुख चिन्ह मात्रै हो। कुनै पनि निर्वाचन क्षेत्रमा रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन,’ उनले भने।
रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

काठमाडौं, माघ २३ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको भन्दै रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था नहरेको बताएका हुन्।

Hardik ivf

‘१६५ वटा निर्वाचन क्षेत्रमा एउटै चुनाव चिन्हमा मतदान गर्न पाइन्छ भने त्यो केवल रुख चिन्ह मात्रै हो। कुनै पनि निर्वाचन क्षेत्रमा रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन,’ उनले भने।

उनले अन्य दलका हकमा भने यस्तो अवस्था नरहेको उल्लेख गरे। ‘कसैको १६२ क्षेत्रमा उम्मेदवारी होला, कसैको १६१। चाहे आफूलाई नयाँ भन्दै ठूलो हल्ला गर्दै आएको दल होस् वा हाम्रो मुख्य प्रतिस्पर्धी नेकपा एमाले नै किन नहोस्, १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी छ,’ शर्माले बताए।

उपसभापति शर्माले उम्मेदवार चयन र कार्यकालसम्बन्धी कांग्रेसको नीतिबारे पनि प्रस्ट पारे। ‘एक पटक निर्वाचित भएपछि जनप्रतिनिधिले ५ वर्षका लागि सपथ खाएको हुन्छ। वडा अध्यक्ष, मेयर, प्रदेश सांसद वा संघीय सांसद—सबैको कार्यकाल ५ वर्षकै हुन्छ,’ उनले भने।

उनले कांग्रेसभित्र पनि उम्मेदवार बन्न इच्छुक धेरै भए पनि पार्टीले संस्थागत निर्णयअनुसार अघि बढेको स्पष्ट पारे।

‘नेपाली कांग्रेसले पूर्णबहादुर खड्का सभापति हुँदा गरेको निर्णयअनुसार ५ वर्षका लागि निर्वाचित भएका स्थानीय तहका मेयर, वडा अध्यक्ष तथा प्रदेश सांसदले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भनेर पार्टीले उनीहरूलाई पुनः उम्मेदवार बनाएको छैन,’ शर्माले भने।

उनले अन्य दलहरूमा भने प्रदेश सांसद, मेयरलगायत पदमा निर्वाचित व्यक्तिहरू पुनः उम्मेदवार बनेको उदाहरण दिँदै कांग्रेसले पार्टी निर्णय र अनुशासनलाई प्राथमिकतामा राखेको दाबी गरे।

प्रकाशित मिति: २२:२७ बजे, शुक्रबार, माघ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्