Kathmandu Press

ओली पुगे गृहजिल्ला झापा

‘युवाहरु निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउँ भनेर, सूर्यको जित निश्चित छ। भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ । नयाँ हाम्रा भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र?,’ उनले भने।
ओली पुगे गृहजिल्ला झापा

झापा, माघ २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ।

सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन्।

उनले नयाँ भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको बताए।

‘युवाहरु निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउँ भनेर, सूर्यको जित निश्चित छ। भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ । नयाँ हाम्रा भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र?,’ उनले भने।

उनले झापालाई सूर्यमय बनाउनुपर्ने भन्दै त्यसका लागि योगदान गर्न सबै जिल्लाबासीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, माघ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्