Kathmandu Press

निर्वाचन आयोगले भन्यो– निर्वाचनलाई मौसमले असर गर्दैन

मौसम विज्ञान विभागले फागुन २०,२१ र २२ गत् हिमाली क्षेत्रमा सुख्खा रहने पूर्वानुमान गरेकाले निर्वाचनमा मौसमले कुनै असर नगर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
निर्वाचन आयोगले भन्यो– निर्वाचनलाई मौसमले असर गर्दैन

काठमाडौं, माघ २३ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मौसमले कुनै असर नगर्ने निर्वाचन आयोगले जनाएको छ। 

मौसम विज्ञान विभागले फागुन २०,२१ र २२ गत् हिमाली क्षेत्रमा सुख्खा रहने पूर्वानुमान गरेकाले निर्वाचनमा मौसमले कुनै असर नगर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उनले उक्त अवधिमा वर्षाको सम्भावना नदेखिएको बताए।

Hardik ivf

आयोगले फागुन १० देखि ३० गतेसम्मको मौसमसम्बन्धी अध्ययनको जानकारी मागेको थियो। विभागले विगत ३० वर्षको तथ्यांकका आधारमा उक्त अवधिमा वर्षा नदेखिएको र मौसम सामान्यतया सुख्खा रहने जानकारी दिएको प्रवक्ता भट्टराईले बताए।

शुक्रबार प्राप्त मौसम प्रतिवेदनअनुसार पनि निर्वाचनमा मौसमका कारण कुनै समस्या नदेखिएको उनले स्पष्ट पारे। तर, मौसममा अप्रत्याशित परिवर्तन भएमा सम्बन्धित निकायबाट सूचना आउने आयोगले जनाएको छ।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, माघ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्