Kathmandu Press

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौंबाट वीरगञ्जबाट हिँडेका उनलाई प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको हो। उनी कार्यक्रमको तयारीका लागि वीरगञ्ज जाँदै थिए।
फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं, माघ २३ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।

काठमाडौंबाट वीरगञ्जबाट हिँडेका उनलाई प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको हो। उनी कार्यक्रमको तयारीका लागि वीरगञ्ज जाँदै थिए।

Hardik ivf

उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाइने प्रहरीले जनाएको छ। 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका प्रसाईंले वीरगन्जमा कार्यक्रम गर्ने योजना बनाए पनि उनलाई स्थानीय प्रशासनले अनुमति दिएको थिएन। प्रसाईंले भने अनुमति नपाए पनि घन्टाघरमा कार्यक्रम गर्ने अडान राखेका थिए। 

बिहीबार मात्रै अभियानका जनकपुर संयोजक विजय थापाले दुर्गा प्रसाईंको सम्बोधन हुने उक्त कार्यक्रमलाई ‘विशाल नागरिक सभा’ का रूपमा आयोजना गर्न लागिएको बताएका थिए 

यसअघि २८ चैतमा पनि उनी भारतबाट पक्राउ परेका थिए। त्यतिबेला तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा उनको भूमिकालाई लिएर उनी पक्राउ परेका थिए।

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, माघ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्