बैतडी जन्तीबस दुर्घटना, १३ जनाको मृत्यु

बैतडी, माघ २३ : बैतडीमा जन्तीबस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
बिहीबार राति भएको दुर्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।
मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।
त्यस्तै डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिकका वडा नम्बर ७ का २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी नगरपालिका वडा नम्बर ७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको पनि दुर्घटनामा मृत्यु भएको छ।
प्रकाशित मिति: ०६:२५ बजे, शुक्रबार, माघ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












