Kathmandu Press

बिहान खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक

चिकित्सकहरूले बिहान कफी वा चिया पिउनु अघि कम्तीमा एक गिलास तातो (अत्यधिक तातो नभएको) पानी पिउने बानी बसाल्न सुझाव दिएका छन्।
बिहान खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक

काठमाडौं, माघ २३ : बिहान उठेपछि खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरूले बताएका छन्।

उनीहरूका अनुसार तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पु¥याउँछ।

Hardik ivf

विशेषज्ञहरूका अनुसार बिहान नियमित रूपमा तातो पानी पिउँदा कब्जियतको समस्या कम हुनुका साथै ग्यास, अपच र पेट फुल्ने समस्या नियन्त्रणमा आउन सक्छ  यसले शरीरको मेटाबोलिज्म बढाउने भएकाले तौल नियन्त्रणमा समेत सहयोग पुग्ने बताइएको छ।

त्यस्तै, तातो पानीले शरीरको रक्तसञ्चार सुधार गर्ने र कोषिकामा अक्सिजनको प्रवाह बढाउने हुँदा दिनभर शरीर फुर्तिलो र ऊर्जाशील रहने चिकित्सकहरूको भनाइ छ । यसले छालालाई भित्रैबाट हाइड्रेट राख्न मद्दत गर्ने भएकाले छालाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव देखिने बताइएको छ।

चिकित्सकहरूका अनुसार बिहान खाली पेट तातो पानी पिउनु कफ, रुघाखोकी र घाँटीसम्बन्धी समस्या कम गर्न पनि सहयोगी हुन सक्छ। विशेषगरी चिसो मौसममा यसले शरीरलाई न्यानो राख्न मद्दत पु¥याउने बताइएको छ।

चिकित्सकहरूले बिहान कफी वा चिया पिउनु अघि कम्तीमा एक गिलास तातो (अत्यधिक तातो नभएको) पानी पिउने बानी बसाल्न सुझाव दिएका छन्। 

साथै, आवश्यकता अनुसार तातो पानीमा कागती वा मह मिसाएर पिउन सकिने भए पनि दीर्घकालीन समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्ने उनीहरूको सुझाव छ।

प्रकाशित मिति: १०:१७ बजे, शुक्रबार, माघ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्