नेपालगञ्जमा कुहिरो र शीतलहरको प्रभाव
विशेषगरी साँझ बिहान सडकमा सवारी तथा दैनिक गतिविधि प्रभावित भएसँगै यात्री र सवारी साधन चालकहरूले कुहिरो र शीतलहरका कारण यात्रा गर्न कठिन भएको बताएका छन्।
बाँके, माघ २३ : बाँकेको नेपालगञ्जमा आज कुहिरोसँगै शीतलहर पनि परेको छ।
शीतलहरका कारण जनजीवनमा प्रभाव परेको छ। बिहानको समयमा तापक्रम सामान्यतया ११/१२ डिक्री सम्म घट्ने र कुहिरोका कारण दृश्यता सीमित रहने अवस्था बृद्धि भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी साँझ बिहान सडकमा सवारी तथा दैनिक गतिविधि प्रभावित भएसँगै यात्री र सवारी साधन चालकहरूले कुहिरो र शीतलहरका कारण यात्रा गर्न कठिन भएको बताएका छन्।
चिसो बढेसँगै धेरैले आवश्यक कामबाहेक घर बाहिर निस्कन छाडेका छन् । चिसो मौसमका कारण श्वासप्रश्वाससम्बन्धी बिरामीको आवत–जावत बढेको तथा साना विद्यार्थी र वृद्धवृद्धहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ।
मौसम विज्ञहरूका अनुसार नेपालगञ्जमा कुहिरो र शीतलहरका कारण दैनिक जीवन सामान्यभन्दा भएको हुँदा मौसममा सुधार नआएसम्म यस्तो प्रभाव जारी रहने सम्भावना देखिएको छ।