Kathmandu Press

प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

आयोगका अनुसार मिति २०८२ पुष २२ गतेदेखि सुरु गरिएको नमुना मतपत्र छपाइ अन्तर्गत १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ सम्पन्न भई विभिन्न जिल्लामा पठाइसकिएको छ। 
प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं, माघ २३ : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ।

आयोगका अनुसार मिति २०८२ पुष २२ गतेदेखि सुरु गरिएको नमुना मतपत्र छपाइ अन्तर्गत १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ सम्पन्न भई विभिन्न जिल्लामा पठाइसकिएको छ। 

Hardik ivf

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइ मिति २०८२ पुष २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ । छपाइ गरिएका मतपत्रहरू प्याकिङ्ग तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आवश्यक पर्ने कुल २ करोड ३ लाख २३ हजार मतपत्रमध्ये माघ १६ गतेदेखि छपाइ सुरु गरिएकोमा माघ २२ गते बिहानसम्म विभिन्न निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ। ती मतपत्रहरू ५ हजार ८ सय २५ बाकसमा प्याकिङ्ग गरिएको छ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ्ग कार्य सम्पन्न भइसकेको छ। 

माघ २२ गते आज बिहानसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, माघ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्