Kathmandu Press

नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री

उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर नेपाल टेलिकमले देशको समग्र विकासमा योगदान दिँदै आएको उल्लेख गरे। प्राकृतिक विपद्, महामारी तथा अन्य आपत्कालीन अवस्थाहरूमा नेपाल टेलिकमले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पनि गृहमन्त्री अर्यालले बताए। 
नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री

काठमाडौं, माघ २२ : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन्। ने

पाल टेलिकमको २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए।

Hardik ivf

‘नेपाल टेलिकम केवल एक दुरसञ्चार संस्था मात्र होइन। राज्यको डिजिटल मेरुदण्ड हो,’ उनले भने, ‘दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलाप गर्दै आइरहेको छ। प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थाहरुमा नेपाल टेलिकमले खेलेको भूमिका महत्वपूर्ण छ।’

उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर नेपाल टेलिकमले देशको समग्र विकासमा योगदान दिँदै आएको उल्लेख गरे। प्राकृतिक विपद्, महामारी तथा अन्य आपत्कालीन अवस्थाहरूमा नेपाल टेलिकमले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पनि गृहमन्त्री अर्यालले बताए। 

गृहमन्त्री अर्यालले आजको युगमा दूरसञ्चार मानव जीवनको आधारभूत आवश्यकतामा रूपान्तरित भइसकेको उल्लेख गर्दै दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको धारणा राखे । उनले प्रतिस्पर्धी बजार, संस्थागत दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै नेपाल टेलिकमले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।

‘आज दुरसञ्चार संस्था मानविय जीवनको आधारभूत तत्व बनिसकेको छ । दुरसञ्चार संस्था अतिआवश्यक हुँदै आइसकेको छ। नेपाल टेलकमले प्रतिस्पर्धी बजार, दायित्व, सेवा गुणस्तरिय र प्रविधिगत नवप्रवर्तनलाई समुन्नतमा सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘कम्पनीले आफ्नो प्रिय सञ्जाल, प्रचुर पूर्वाधार, उत्कृष्ट र दक्ष मानव पूँजी, प्रर्याप्त बजार सम्भावना, उपलब्ध स्रोतको कुशल व्यवस्थापन एवम् परिचालन गरी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नेतर्फ आफूलाई अगाडि बढाउन आग्रह गर्दछु।’

उनले नेपाल टेलिकमलाई आफ्नो विशाल सञ्जाल, प्रचुर पूर्वाधार, दक्ष मानव पूँजी, पर्याप्त बजार सम्भावना र उपलब्ध स्रोतको कुशल व्यवस्थापन तथा परिचालनमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेतर्फ अग्रसर हुन आग्रह गरे।

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, माघ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्