Kathmandu Press

देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको माग र भावना बोकेर अगाडि बढेको जानकारी दिए। उनले पछिल्लो दिनहरुमा काम गरेर आएका व्यक्तिहरु मिलेर बनेको उज्यालो नेपाल पार्टी देशको परिवर्तन गर्न आएको बताए। 
देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ

जनकपुर, माघ २२ : पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन्।

बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे । उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताए।

Hardik ivf

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको माग र भावना बोकेर अगाडि बढेको जानकारी दिए। उनले पछिल्लो दिनहरुमा काम गरेर आएका व्यक्तिहरु मिलेर बनेको उज्यालो नेपाल पार्टी देशको परिवर्तन गर्न आएको बताए। 

अबको भोट भनेको भाषण गर्नेको नभई काम गर्नेहरुको रहेको उनको भनाई थियो। अध्यक्ष घिसिङले केही पार्टीहरुले भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको बताए।

अध्यक्ष घिसिङले आजबाट मधेश प्रदेशको भ्रमण सुरु गरेको र जनताको घरदैलौ कार्यक्रम अन्तर्गत मधेश प्रदेश आएको जानकारी दिए। उनले प्रदेशको ८ वटै जिल्लामा आफ्नो पार्टीका उम्मेदवारहरु भएकोले सबै संग भेटघाट एवम छलफल गर्ने उद्देश्यका साथ मधेश झरेको बताए।

अध्यक्ष घिसिङले जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा पाठ गरेका छन्। त्यस्तै उनले जनकपुरधामस्थित पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्। अध्यक्ष घिसिङ आजै सिरहा पुगेर कमला पुलको निरीक्षण गर्ने भएका छन्।

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, माघ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्