डा. बाबुराम भट्टराईलाई पितृशोक
भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
काठमाडौं, माघ २२ : पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। उनको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई न्युरो हस्पिटलमा भर्ना गरिएको थियो।
स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
प्रकाशित मिति: १०:३४ बजे, बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












