Kathmandu Press

तोलामा १४ हजार बढ्यो सुनको मूल्य, तीन लाख नाघ्याे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
तोलामा १४ हजार बढ्यो सुनको मूल्य, तीन लाख नाघ्याे

काठमाडौं, माघ २१ : नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ। लगातार दोस्रो दिन पनि सुनको मूल्य बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Hardik ivf

मंगलबार सुनको मूल्य प्रतितोला तोला दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ सय ५६ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
 
प्रकाशित मिति: १२:०१ बजे, बुधबार, माघ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्