मिलमा बेरिएर महिलाको मृत्यु
राँझा, फागुन २६ : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।
फत्तेपुरको सिधनव....

राँझा, फागुन २६ : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।
फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवाकी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले बताए ।
शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताए । उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्छ । स्मृतिको शव परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।
प्रकाशित मिति: १२:३५ बजे, आइतबार, फागुन २६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(55)-1765012331.jpg)




-(86)-1764936079.jpg)


-1764760320.jpg)