Kathmandu Press

मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक : मन्त्री भण्डारी

उनले मन्त्रालयभित्रै प्रशासनिक तहबाट समाधान गर्न सकिने विषयहरू जस्तै कर्मचारी सरुवा, बढुवा लगायतका मुद्दा सम्बन्धित सचिव वा बोर्ड अध्यक्षमार्फत समाधानका लागि अघि बढाउन निर्देशन दिए।
मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक : मन्त्री भण्डारी

काठमाडौं, माघ २० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक रहेको बताएका छन्।

मंगलबार श्रम मन्त्रालय र अन्तर्गतका निकायहरुको आ.व. २०८२/०८३ को अर्ध वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले मन्त्रालयभित्र देखिएका समस्या र सुधारका विषयलाई तीन तहमा वर्गीकरण गरेर समाधान गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

उनले मन्त्रालयभित्रै प्रशासनिक तहबाट समाधान गर्न सकिने विषयहरू जस्तै कर्मचारी सरुवा, बढुवा लगायतका मुद्दा सम्बन्धित सचिव वा बोर्ड अध्यक्षमार्फत समाधानका लागि अघि बढाउन निर्देशन दिए। ती तहबाट समाधान हुन नसकेमा माथिल्लो निकायमा पठाउन सकिने उनले बताए।

‘यही मन्त्रालयभित्रकै एक्टिीमिस्टीभ कोणबाटै हल गर्नुपर्ने कुरा के हुन् रु त्यसलाई सचिवकहाँ पठाइदिनुहोला। कर्मचारीका सरुवा, बढुवा आदी बोर्डको अध्यक्षले हल गर्न सक्नुहुनेछ। उहाँले हल गर्न सक्नुभएन भने त्यो भन्दा अलि माथि पठाउने हो,’ उनले भने।

मन्त्री भण्डारीले दोस्रो तहको समस्याका रूपमा ऐन, नियम र कार्यविधिका नाममा बदनियतपूर्ण ढंगले सिन्डिकेट सिर्जना गरिएको उल्लेख गरे।

‘धेरैजसो कार्यविधी सेवाग्राही र श्रमिकलाई दुःख दिने गरी बनाइएको सत्य हो,’ उनले भने, ‘हामी आफूलाई श्रमिकमैत्री भन्छौं तर व्यवहारमा त्यो देखिएको छैन, आत्मसमिक्षा आवश्यक छ।’

उनले वैदेशिक रोजगार ऐन अन्तर्गतको नियमावलीको नियम ५२ को उपनियम ९२० को ख र ९३० मा उल्लेख गरिएको कार्यविधीको प्रभावकारी प्रयोगबाट धेरै अवरोध फुकाउन सकिने बताए।

मन्त्री भण्डारीले आफू मन्त्री भएपछि एक हप्ताभित्रै मेडिकल सम्बन्धी निर्णय गर्दा मन्त्री पद कति शक्तिशाली रहेछ भन्ने अनुभूति भएको समेत उल्लेख गरे।

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्