Kathmandu Press

देश ओभरहोलिङ गर्नुपर्ने बिन्दुमा पुगेको छ : रविन्द्र मिश्र

‘संविधानको सर्भिसिङ होइन, अब ओभरहोलिङ (वृहत मर्मत) आवश्यक छ,’ मिश्रले भने, ‘देश ओभरहोलिङ गर्नुपर्ने बिन्दुमा पुगेको छ। म जित्नेमा ढुक्क भए पनि निर्वाचनभन्दा अघि देश नयाँ समझदारीको बाटोमा जानुपर्छ, त्यसपछि मात्र निर्वाचन होस् भन्ने मेरो चाहना हो।’
देश ओभरहोलिङ गर्नुपर्ने बिन्दुमा पुगेको छ : रविन्द्र मिश्र

काठमाडौं, माघ २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट आफू विजयी हुनेमा अत्यन्तै विश्वस्त रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यसपटक आफू एकसय प्रतिशत मात्र होइन, दुईसय प्रतिशत नै विश्वस्त रहेको दाबी गरे। उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए।

Hardik ivf

‘काठमाडौं क्षेत्र नम्बर १ मा पहिले अन्य पार्टीलाई भोट हालेका मतदाताहरूले नै मलाई माया गरेर कार्यक्रमहरू आयोजना गरिदिनु भएको छ,’ उनले भने, ‘दुईवटा चुनावमा झिनो मतान्तरले पराजित भएकाले तेस्रो पटक जित्ने अवस्थामा आइपुग्दा आत्मविश्वास र खुशी हुनु स्वाभाविक हो । यो पटक काठमाडौं क्षेत्र नम्बर १ बाट म विजय हुन्छु भन्ने कुरामा म १०० प्रतिशत होइन २०० प्रतिशत विश्वस्त छु।’

मिश्रले आफू विजयी भएर संसदमा पुगेपछि पार्टीले अघि सारेका एजेण्डाअनुसार देशलाई अगाडि बढाउन नसकिए देशको हित नहुने स्पष्ट पारे।

उनले आगामी फागुन २१ मा तोकिएको निर्वाचन केही समय पर सार्नुपर्ने धारणा पनि राखे। निर्वाचनअघि देश नयाँ समझदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण संक्रमण सर्वपक्षीय सहमतिबाट मात्र सम्भव हुने बताए।

‘संविधानको सर्भिसिङ होइन, अब ओभरहोलिङ (वृहत मर्मत) आवश्यक छ,’ मिश्रले भने, ‘देश ओभरहोलिङ गर्नुपर्ने बिन्दुमा पुगेको छ। म जित्नेमा ढुक्क भए पनि निर्वाचनभन्दा अघि देश नयाँ समझदारीको बाटोमा जानुपर्छ, त्यसपछि मात्र निर्वाचन होस् भन्ने मेरो चाहना हो।’

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्