सरकारले संघीयता भावना अनुसार काम गर्न सकेन : कृष्ण सिटौला
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन्।
काठमाडौं, माघ २० : राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन्।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन्।
अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको सिटौलाले बताए। संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको उनको भनाई छ।
कांग्रेस नेता समेत रहेका सिटौलाले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको उल्लेख गरे।
प्रकाशित मिति: १४:१० बजे, मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार