Kathmandu Press

सुमन शर्मा बने प्रभु बैंकको सिईओ

बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो। 
सुमन शर्मा बने प्रभु बैंकको सिईओ

काठमाडौं, माघ २० : सुमन शर्मा प्रभु बैंकको सिईओमा नियुक्त भएका छन्। 

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठक शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

Hardik ivf

बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो। 

शर्मासँग बैंकिङ क्षेत्रको २५ वर्ष लामो अनुभव छ। अनुभवी र कुशल बैंकरको रुपमा परिचित शर्मा यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सिईओ भइसकेका छन्। 

उनीसँग ग्लोबल आइएमई बैंक, एनएमबी बैंकमा पनि काम गरेको अनुभव छ।

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्