Kathmandu Press

सामाजिक सुरक्षा कोषमा एक खर्बभन्दा बढी संकलन 

कोषमा ६ वर्ष ७ महिनामा औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा रहेका करिब २० लाख र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका करिब १६ सय श्रमिक तथा व्यक्तिबाट योगदान संकलन गरिएको छ। 
सामाजिक सुरक्षा कोषमा एक खर्बभन्दा बढी संकलन 

काठमाडौं, माघ २० : सामाजिक सुरक्षा कोषमा एक खर्ब रुपैयाँभन्दा बढी योगदान रकम भएको छ। औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सहभागितापछि उल्लेख्य योगदान संकलन भएको हो।

कोषमा ६ वर्ष ७ महिनामा औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा रहेका करिब २० लाख र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका करिब १६ सय श्रमिक तथा व्यक्तिबाट योगदान संकलन गरिएको छ। 

Hardik ivf

संकलित रकमबाट कोषले दाबी भुक्तानी, अवकाश भुक्तानी र पेन्सनसमेत गरी हालसम्म करिब १८ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। अन्य स्रोतबाट प्राप्त आम्दानीसमेत जोड्दा कोषको हालको लगानी पोर्टफोलियो करिब एक खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

कोषले सुरक्षा पक्षलाई प्राथमिकतामा राख्दै उक्त रकम मुद्रति निक्षेप, सरकारी ऋणपत्र, डिबेञ्चर, म्युचुअल फन्डजस्ता वित्तीय उपकरणमा लगानी गर्दै आएको छ। 

सामाजिक सुरक्षा कोषको रकम राज्यको भौतिक पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशेष प्रकृतिका ऋणपत्र जारी गर्ने नीतिगत व्यवस्थाबारे विभिन्न तहमा छलफल भइरहेको कोषले जनाएको छ।

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्