Kathmandu Press

काठमाडौं–१ का उम्मेदवार प्रवल थापा : शहरी राजनीतिमा जनमुखी एजेन्डा

उनको भनाइमा, “अरू उम्मेदवारले काठमाडौं–१ पढ्ने र बुझ्ने प्रयास गर्नुहोला, मैले भने यो क्षेत्र दिनहुँ भोग्ने गर्छु।” स्थानीय समस्यालाई राष्ट्रिय नीति निर्माणसँग जोडेर संसदमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता उनको प्रमुख राजनीतिक सन्देश हो।
काठमाडौं–१ का उम्मेदवार प्रवल थापा : शहरी राजनीतिमा जनमुखी एजेन्डा

काठमाडौं, माघ२० : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रवल थापा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, जमिनबाटै राजनीति गरेका युवा नेता हुन्। राष्ट्रिय राजनीतिमा औपचारिक रूपमा नयाँ अनुहार भए पनि उनी यस क्षेत्रका मतदाता र पार्टी कार्यकर्ताबीच परिचित, भरोसायोग्य र निरन्तर सक्रिय पात्रका रूपमा चिनिन्छन्।

बानेश्वरमा जन्मिएर हुर्किएका थापा करिब दुई दशकदेखि कांग्रेसको संगठनात्मक राजनीतिमा क्रियाशील छन्। नेविसंघ हुँदै तरुण दल र पार्टी संरचनामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी “भाइरल राजनीति होइन, ग्राउन्ड राजनीति” मा विश्वास गर्ने नेता हुन्। यही निरन्तरताका कारण उनलाई पार्टीभित्र ‘कांग्रेस नर्सरीमा हुर्किएको नेता’ भनेर चिनिन्छ।

शिक्षा, पेशा र सामाजिक सक्रियता

Hardik ivf

सेन्ट जेभियर्स स्कुलबाट विद्यालय शिक्षा पूरा गरेका थापाले ललितपुरको क्यास्पियन कलेज हुँदै अष्ट्रेलियाको युनिभर्सिटी अफ ब्यालारटबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। बैंकिङ र हस्पिटालिटी क्षेत्रमा काम गरिसकेका उनी हाल पारिवारिक व्यवसायसँगै सामाजिक सेवा र राजनीतिमा सक्रिय छन्।

२०७२ सालको महाभूकम्प तथा कोभिड–१९ महामारीका बेला राहत वितरण, स्वास्थ्य व्यवस्थापन र समुदाय सहयोगमा अग्रपंक्तिमा रहेर काम गरेका थापा विभिन्न सामाजिक संघसंस्थामा सल्लाहकार तथा सदस्यका रूपमा संलग्न छन्। थापागाउँ टोल सुधार समितिका उपाध्यक्षदेखि पुस्तकालय, युवा क्लब र सामाजिक संस्थासम्म उनको सहभागिता देखिन्छ।

संगठनात्मक राजनीतिमा दुई दशकको यात्रा

वि.सं. २०६४ देखि नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय थापा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दल केन्द्रीय सदस्य, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य तथा पार्टीको केन्द्रीय तरुण विभाग सदस्य हुँदै आएका छन्। १४औँ महाधिवेशनमा महासमिति सदस्य र प्रतिनिधिका रूपमा निर्वाचित उनी २०७९ मा प्रदेशसभा समानुपातिक उम्मेदवार बनेका थिए भने २०८२ मा काठमाडौं–१ बाट प्रतिनिधिसभा उम्मेदवारको रूपमा मैदानमा छन्। उनी आफूलाई “चुनावमा मात्र देखिने होइन, हरेक दिन समुदायसँग जोडिएको नेता” को रूपमा परिभाषित गर्छन्।

शहरी राजनीतिमा जनमुखी एजेन्डा

काठमाडौं क्षेत्र नं. १ लाई विशिष्ट शहरी निर्वाचन क्षेत्रका रूपमा व्याख्या गर्दै थापाले ट्राफिक व्यवस्थापन, वैज्ञानिक पार्किङ, व्यावसायिक सुरक्षा, भित्री बस्ती कनेक्टिभिटी, सुकुम्बासी समस्या समाधान, शहर सौन्दर्यकरण र शहरी गरिबी न्यूनीकरणलाई आफ्नो प्राथमिकता बनाएका छन्।

उनको भनाइमा, “अरू उम्मेदवारले काठमाडौं–१ पढ्ने र बुझ्ने प्रयास गर्नुहोला, मैले भने यो क्षेत्र दिनहुँ भोग्ने गर्छु।” स्थानीय समस्यालाई राष्ट्रिय नीति निर्माणसँग जोडेर संसदमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता उनको प्रमुख राजनीतिक सन्देश हो।

प्रकाशमान सिंहको राजनीतिक उत्तराधिकार

काठमाडौं–१ बाट निरन्तर विजयी हुँदै आएका कांग्रेस नेता प्रकाशमान सिंहको राजनीतिक मार्गदर्शनलाई आफ्नो यात्राको आधार मान्ने थापा विगतमा उनको चुनावी र संगठनात्मक सारथी भएर काम गरिसकेका छन्। सिंहले सुरु गरेका कार्यक्रमलाई निरन्तरता दिने जिम्मेवारी आफ्नो काँधमा आएको थापाको भनाइ छ।

‘जेन–जी’ नेतृत्वको दाबी

लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई मूल राजनीतिक दर्शन बनाएका थापा पुस्तान्तरण र रूपान्तरित कांग्रेसमार्फत रूपान्तरित देश निर्माणको पक्षमा छन्। पार्टीको ग्रासरुटमा हुर्किएको नेता भएकाले कार्यकर्ता र जनताको भावना प्रतिनिधित्व गर्न आफू सक्षम रहेको उनी बताउँछन्।

“काठमाडौं–१ राजनीतिक भविष्य परीक्षण गर्ने थलो होइन,” थापाको भनाइ छ, “यहाँबाट निर्वाचित जनप्रतिनिधिले स्थिरता, विकास, इमानदारी र जवाफदेहितासहित आर्थिक समृद्धिको आधार तय गर्न सक्छ।”

संसदमा स्थानीय आवाज

काठमाडौं–१ लाई राष्ट्रिय नमुना विकास मोडल बनाउने लक्ष्य राखेका थापा अन्तर्राष्ट्रिय विमानस्थल र राजधानी प्रवेशद्वार रहेको यस क्षेत्रको विशेष पहिचानलाई राष्ट्रिय नीति र विकास योजनासँग जोड्न चाहन्छन्।

शहरी रोजगारी, उद्यमशीलता, पर्यटन र सेवा क्षेत्र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै उनले आफू “बानेश्वर केन्द्रित सांसद मात्र नभई देशव्यापी सरोकार उठाउने प्रतिनिधि” बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ०९:१० बजे, मंगलबार, माघ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्