Kathmandu Press

‘रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ’

‘म पहिलो पटक संसदमा आएको हुँ। यो मेरो इच्छा होइन, परिस्थितिको परिणामहो । जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउने उद्देश्यले प्रधानमन्त्री बनेको हुँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
‘रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ’

काठमाडौं, माघ १९ : प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन्। 

सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन्।

Hardik ivf

‘म पहिलो पटक संसदमा आएको हुँ। यो मेरो इच्छा होइन, परिस्थितिको परिणामहो । जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउने उद्देश्यले प्रधानमन्त्री बनेको हुँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले प्रतिनिधिसभा विघटन भएको र सरकारले २०८२ फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता जनाएको बताइन्। 

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरिन्।

आफू कुनै शासकीय आकांक्षा वा पदको लोभले प्रधानमन्त्री नबनेको स्पष्ट गर्दै उनले विथोलिएको संवैधानिक व्यवस्थालाई सही मार्गमा फर्काउन र देशलाई संकटबाट जोगाउन विशम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताइन्।

‘जेनजी आन्दोलनमा ज्यान गुमाउनु भएका शहीदहरुप्रति सम्मान प्रकट गर्दै परिवारजनमा गहिरो दुख व्यक्त गर्दछु । म कुनै शासकिय आकांक्षा बोकेर कुनै पदको लालचमा प्रधानमन्त्री बनेको होइन,’ उनले भनिन्, विथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउनका लागि र देशलाई संकटबाट बचाउन विशम परस्थितीमा मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएकी हुँ।’

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, माघ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्