Kathmandu Press

नेप्से सूचकांक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

नेप्से सूचकांक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं, माघ १९ : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से सूचकांक १.५३ अंकले बढेर २,६९५.७३ विन्दुमा पुगेको छ, जुन ०.०५ प्रतिशतको वृद्धि हो।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ०५ प्रतिशतले बढेको छ। 

Hardik ivf

आजको कारोबारमा कुल ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर किनबेच भएका छन्। यसबाट कुल कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ पुगेको छ। बजारमा कुल ९१ हजार ६१ पटक कारोबार भएको छ।

यसदिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ। १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आजको कारोबारमा एसवाइ प्यानल, श्रीनगर एग्रिटेक, हिमस्टार उर्जाको शेयर मूल्य १० प्रतिशतले बढेका छन्।

एसवाइ प्यानलको शेयर मूल्य २,०३०.७० रुपैयाँ पुगेको छ भने श्रीनगर इग्रिटेकको शेयर मूल्य १,४७८.४० रुपैयाँ पुगेको छ। कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनीको शेयर अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहका परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ।

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, माघ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्