Kathmandu Press

लागतार तेस्रो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो।
लागतार तेस्रो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, माघ १९ : नेपाली बजारमा लागतार तेस्रो दिन सुनको मूल्य ठूलो मात्रामा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य तीन लाख रुपैयाँ थियो।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो।

प्रकाशित मिति: ११:३६ बजे, सोमबार, माघ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्