Kathmandu Press

१४ जनामा आरडिटी पोजिटिभ देखिएपछि शंखरापुर नगरपालिका सिल

काठमाडौं, जेठ ९ : शंखरापुर नगरपालिका (साँखु) मा गरिएको आरडिटी परीक्षणको क्रममा १४ जनामा एन्टिबडी पोजेटिभ देखिएपछि नगरपालिका सिल गरिएको छ। कोरोना भाइरस....

१४ जनामा आरडिटी पोजिटिभ देखिएपछि शंखरापुर नगरपालिका सिल

काठमाडौं, जेठ ९ : शंखरापुर नगरपालिका (साँखु) मा गरिएको आरडिटी परीक्षणको क्रममा १४ जनामा एन्टिबडी पोजेटिभ देखिएपछि नगरपालिका सिल गरिएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यसको जोखिम न्यूनिकरण गर्न नगरपालिका सिल गरिएको हो।

शुक्रबार बिहान १० बजे देखि लागु हुने गरी नगरपालिका भित्रिने तथा बाहिरीने सम्पुर्ण सीमा नाका अर्को सुचना जारि नभएसम्मको लागि पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ। अग्रपंक्तिमा कार्यरत दुई सय ९० जना जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयम्सेवकमा गरिएको परीक्षणमा १४ जनामा एन्टिबडी पोजेटिभ देखिएको हो।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर अस्पताल र सुष्मा कोइराला मेमोरियल हस्पिटलमा परीक्षण गरिएको थियो। आरडिटी पोजिटिभ देखिएका व्यक्तिको पीसीआर परीक्षणको लागि स्वाब पठाइएको जनगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्